काठमाडौं, वैशाख १९
ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम कोषमा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा बैंकको विराटनगर शाखाले आर्थिक सहयोग गरेको हो ।बैंकका अनुसार शाखाले कोरोना कोषमा पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अनुुसार बिराटनगरका शाखा प्रबन्धक ढुण्डिराज भट्टराई र प्रदेश प्रमुख सुवास सापकोटाले महानगरलाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् ।
शाखा प्रबन्धक भट्टराईले कोभिड १९ नियन्त्रण तथा अर्थतन्त्र पुनरुत्थानका लागि वित्तीय क्षेत्रका साथै अन्य क्षेत्रले पनि सहयोग गर्नु पर्ने बताएका थिए । बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६८ करोड ५९ लाख सात हजार आठ सय ७२ रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २० करोड ८५ लाख ३० हजार छ सय २७ रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २२ करोड ९३ लाख ८६ हजार तीन सय ४४ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार आठ सय ५७ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ९७ अर्ब ४१ करोड १३ लाख १८ हजार पाँच सय ३२ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९० अर्ब ५२ करोड ६५ लाख ३८ हजार दुुई सय ८९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५४ करोड ८६ लाख ९८ हजार एक सय ७८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार ६४ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख सात हजार छ सय ८६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ३८ करोड १० लाख ७९ हजार सात सय ९३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शुुन्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।