काठमाडौं : घट्टेटार नमुनाबस्थी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ । पुर्ब शिक्षा मन्त्री तथा संघीय साम्सद कृष्ण गोपाल श्रेष्ठको प्रमुख अतिथीमा भएके कार्यक्रममा, प्रदेश साम्सद तथा बागमती प्रदेश पुर्ब कृषि तथा पशुपन्छी मन्त्री केशव प्रसाद पोखरेल बागमती प्रदेश समानुपातिक साम्सद बाल कुमारी बिश्वकर्मा नागर्जुन नगरपालिका वडा न।६ का वडा अध्यक्ष लगायत वडा सदस्यहरु विभिन्न उपभोक्त समितिका अध्यक्षहरु समाजसेविहरु र घट्टेटार खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो । सभामा खानेपानी ट्यान्की निर्माणको लागि आवस्यक जग्गा छनोटको र आवस्यक अपुग रकमको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता भएको छ । त्यस्तै रकम बुझाएर पनि पानी खान नपाएका बाटो माथिका करिब ४० भन्दा बढी स्थानिय घर धुरिको दुखेसो सहितको पानी खान पाइयोस भन्ने अनुरोध पनि सभामा रहेको थियो । कार्यक्रममा समग्रमा खानेपानीको बिकास एबम बिस्तारको लागि सबैले आफ्नो आफ्नो तबरबाट सहयोग गर्ने आस्वासन दिएका थिए ।