दोलखा-जिल्लाको बिगु गाउँपालिका–३ ओलीटारमा पहिराले ४ घरमा क्षति पुर्याएको छ। गए राती १ बजेतिर परेको अविरल वर्षाले ओलीटारका ४ वटा घरमा क्षति पुगेको हो।
राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागेका कारण मानवीय क्षति भने नभएको स्तानीयले बताएका छन् । गत बिहिवार देखी परेका अविरल वर्षाको कारण पहिरो जादा स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुगेको हो।
त्यसैगरी पहिरोले सिंगटी हुँदै माथिल्लो तामाकोशी लामा बगर ओहोरदोहोर गर्ने मुख्य सडक बगाएपछि गौरीशंकर र बिगु गाउँपालिकामा आवतजावतमा समस्या भएको छ। मानवीय क्षति नभए पनि पहिरोले भैंसी लगायतका चौपायासहित लाखौंको क्षति गर्नुको साथै सयौं रोपनी धानखेतीमा पूर्णरूपमा क्षतिपुगेको स्थानीयले बताएका छन्।