काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड –२०२३ प्राप्त गरेको छ ।
पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले नेपाल पर्यटन बोर्ड/एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो । पाटा हेडक्वाटरले विज्ञप्ति जारी गरी सो अवार्ड प्रदान गरेको जानकारी दिएको छ । यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधाअन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै, २०२३ मा पनि पाटाबाट स्पेसल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । सन् १९९५ बाट सुरु भएको यो अवार्ड यसपालि विभिन्न २३ वटा संघसंस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको छ । यो पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए । यस्तै, पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरूप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्र्राष्ट्रिय संस्थाबाट सम्मान प्राप्त गरेको थियो ।