काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नै सेयर बजार परिसुचक ओरालो लागेको छ । बजार परिसुचक आज २० दशमलव ५४ अंकले ओरालो लागेर १९ सय ९३ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ३८ हजार छ सय ६६ पटकको कारोबारमा ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुमहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका बाँकी १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।