काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० मा एक करोड ८४ लाख ८९ हजार एक सय छ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक करोड ८६ लाख ७५ हजार ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५९ करोड १९ लाख रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा तीन अर्ब ९० करोड ८२ लाख ४६ हजार एक सय ३६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३० करोड ६२ लाख ३० हजार आठ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड २१ लाख ३६ हजार तीन सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत छ ।
अघिल्लो आवमा भने बैंकले दुई अर्ब ८८ करोड ५२ लाख ६३ हजार आठ सय आठ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५७ करोड १९ लाख चार हजार नौ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८१ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६० प्रतिशत थियो ।