काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संगठन (इफाप्का) को ४६ औँ सम्मेलनको तयारी तीव्र पारिएको छ ।
यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम सुरु भएको छ । सम्मेलनको प्रचारप्रसार उपसमितिको संयोजक रहेका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलिपिन्सको राजधानी मनिला पुगेर अतिथिलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरेका छन् । घिमिरेले फिलिपिनी कन्स्ट्रक्सन एसोसिएसनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियोलगायतलाई मनिलामा भेटी सम्मेलनका लागि आमन्त्रण गरेका हुन् ।