गोरखा । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेको छ । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
सुक्खा पहिरो पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।
पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।