नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ललितपुरको प्रवत्तामा रोकेश अवाले चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल ललितपुरको १० औं जिल्ला अधिवेशनले अवालेलाई सर्वसहमत चयन गरेको हो ।
अधिवेशनबाट अध्यक्षमा आर.बि शर्मा,उपाध्यक्षमा सम्राट जंग केसी,सचिव बिक्रम थापा,सह सचिवद्वय बिरेन्द्र घिसिङ,अमिन महर्जन,कोषध्यक्ष सुदर्शन घिमिरे,युवा विज्ञ परिषद संजीव खडका,साईबर सर्कल प्रमुख बुद्ध तामाङ,युथफोर्स प्रमुख राजिव अधिकारी र अन्य सदस्य सहित ५१ जनाको कमिटी चयन गरेको छ ।
अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे,एमालेका केन्द्रीय कमिटि सदस्य हरिकृष्ण व्यञ्जनकार,जिल्ला अध्यक्ष चिन लामा,जय गुरुङ लगायतका नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ ।
चयन भएका पदाधिकारीहरुको नामवली :
