काठमाडौं, वैशाख २१
इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)ले विश्वव्यापी रुपमा फैलिएको कोभिद १९ रोगबाट बच्न सफाइकर्मीहरुलाई मास्क, बूट जुत्ता र पन्जा सहयोग गरेको छ । उक्त सामग्रीहरु आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आईडिया नेपालको प्रशंसा गर्दै कोरोना भाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिए । आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपति प्रधानले कोभिदको महामारीको समयमा पनि खटिरहेका सफाइकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताइन् ।