काठमाडौं । काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी, दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ यी चारजनालाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट २ जनालाई पक्रेको हो ।
यीनै दुई जनाको बयानको आधारमा प्रहरीले अर्का दुईजनालाई पक्राउ गरेका हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।