काठमाडौँ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ ।

बैठक सोमबार बिहान ८ बजेका लागि आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुने खतिवडाले जानकारी दिएका छन् ।