काठमाडौं, वैशाख २१
आरम्भ माइक्रोफाइनान्सले चबलू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८१ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा २२ लाख पाँच हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ३९ लाख २६ हजार रूपैयाँ निक्षेप संकलन गरी ६१ करोड ६० लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई करोड ३९ लाख ५६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ लाख ७२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव २४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संंस्थाले १३ करोड १० लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी ४० करोड ८४ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ४६ लाख ४६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।