काठमाडौं । अन्दाजी ४० वर्षका एक पुरुषको वीर अस्पतालको (सर्जिकल भवन) छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिएका छन् ।

सोमबार बिहान करिब २,३ बजेतिर बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका ति व्यक्ति माथिल्लो तलामा गएर हाम फालेका थिए । सूचना अधिकारी मिश्रले भने ।