काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठकबाट नेपाली क्रिकेट टोलीलाई सभामुख देवराज घिमिरेले सफलताको शुभकामना दिएका छन् ।

‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।