काठमाडौं, वैशाख २१
एनएमबी बैकमा फेसबुुकबाट नै खाता खोल्न सकिने भएको छ । नेपालमा नै पहिलो पटक एनएमबीले स्मार्ट बैंकिङ तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरू बैंकले पस्किएको जानकारी दिएको छ ।
डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू प्रिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो, बैकले विज्ञप्तिमार्फत भनेको छ ।
‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वर्पू योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६३ करोड ६० लाख ७६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ११ करोड ६५ लाख २५ हजार रूपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा बैैकको यस्तो नाफा एक अर्ब १० करोड ९९ लाख ४२ हजार रूपैयाँ रहेको थियो ।
चुुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २६ अर्ब ४२ करोड ९० लाख ५९ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक खर्ब १३ अर्ब ६३ करोड ७० लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७३ करोड ४३ लाख ९० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ९७ अर्ब ८९ करोड २३ लाख दुुई हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रूपैयाँ कर्जाा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५५ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।