काठमाडौं, वैशाख २१
महालक्ष्मी विकास बैकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३० करोड ५० लाख ७९ हजार चार सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड १३ लाख १५ हजार पाँच सय ९५ रूपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ७६ लाख ४६ हजार दुुई सय ४६ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ३५ अर्ब सात करोड २६ लाख ९२ हजार आठ सय ६२ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १८ करोड ६६ लाख ४१ हजार तीन सय २९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८० करोड ४१ हजार दुुई सय ६२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३० अर्ब ५९ करोड ११ लाख १० हजार आठ सय १० रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७१ लाख ९६ हजार चार सय एक रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६२ करोड ५८ लाख २९ हजार सात सय ५३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।