काठमाडौं । नजिकिँदै गरेको नारीको महान् चार्ड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । अफरअन्तर्गत नबिल बैंकको नबिल प्रिमियम नारी बचत खाता खोलेबापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । साथै, यस अफरअन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफरअन्तर्गत नारी ग्राहकले असोज १५ गतेसम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।
बैंकले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका दुई सय ६५ शाखा र दुई सय ९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।