भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले प्रधानमन्त्री लगायतका जिम्मेवार निकायहरुको ध्यानकर्षण गराएको छ । बेलायती सेनामा नेपाली सैनिकहरले गरेको योगदानको बिषयमा बेलायत र नेपाल दुबै देशले गोर्खाको महत्वलाई मनन नगरेको गुनासो गरेका छन् ।
मानवअधिकार,सत्यको लागि लडेको गोर्खालाई बेलायतले आफ्नै मुलका सैनिक बराबरको ब्यवहार नगरेको बताएका छन् । तलब सेवा सुविधा देखि सबै कुरामा बिभेद गरिरहेको (सेगो)ले बताएको छ ।
मिहेनत पसिना संर्घष एकै तर ब्यवहार फरक भएकोले त्यस्ता खाले सबै बिभेदका बिरुद्ध संघर्ष गर्न (गेसो) स्थापना भएको विज्ञप्तीमा बताएको छ । यस्को महत्र्व संर्घस,र परिचय बताउदैं यो अभियानमा साथ र सहयोग गर्न सबै पक्षलाई अनुरोध सहित गेसोले अपील गरेको छ ।