सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा भारतीय सीमाना नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा स्थापना गरिएको छ । मधेश प्रदेश सरकारको विशेष अनुदानमा १०८ फिट अग्लो झण्डाको निर्माण सम्पन्न भएको हो ।
३० लाखको लागतमा निर्माण भएको उक्त झण्डाको झण्डोत्तोलन तथा शिलालेख अनावरण मलंगवा नगरपालिका मेयर नागेन्द्रप्रसाद यादव र मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले संयुक्तरूपमा गरेका थिए ।
समारोहमा पूर्वसांसद लक्ष्मण राय, मधेश प्रदेशका सांसद कौशल किशोर राय, मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखलगायत नागरिक समाज, उद्योगी, व्यवसायी संघसंस्था, प्रधानाध्यापक, शिक्षक, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागिता रहेको थियो ।