काठमाडौं, वैशाख २२ पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या स्टिलका उपत्यकास्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान–पाटन अस्पताल, त्रि.वि. शिक्षण अस्पताल–महाराजगञ्ज र धुलिखेल अस्पताल–धुलिखेललाई सर्जिकल मास्क, पी.पी.ई. सेट, स्वास्थ्य स्वब बुथ सेटलगायतका स्वास्थ सामग्रीहरू हस्तान्तरण गरेका छन् । उक्त स्वास्थ्य सामग्रीहरू ३ वटा अस्पतालका आ–आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको समूहको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।