काठमाडौं । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्को बैठकको मिति र समय पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।