काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।
उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आइतबार बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए ।
शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको महासचिव पोखरेलले अवलोकन गरेका थिए । यही भदौ १६ गते महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।