काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १० दशमलव २३ अंकले उकालो लागेर १९ सय ४२ दशमलव ६८ बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले उकालो लागेर तीन सय ७३ दशमलव ९० बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर खरिदल बिक्री भएका छन् । जसबाट ३३ जार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैंयाँ कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० मा कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, लघुवित्त, उत्पादनमुलक, अन्य र टे«डिङ सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।