ललितपुर । ललितपुरमा केन्द्रिय कार्यालय रहेको कृषि बहुउद्देश्यीय सहकारी संस्थाका संचालक तेजविक्रम थापा मगर र संझना कर्णिकार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत ललितपुरले उनीहरु विरुद्ध शुक्रवार बैंकिङ् कसुरमा पक्राउ पूर्जी जारी गरेको हो । संचालक मगरले उक्त सहकारीमा बचतकर्ताहरुले बचत गरेको करिब ८ अर्ब रुपैया भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । उनले बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम नीजि सम्पति आर्जनमा लगानी गरेको खुलेको छ ।