काठमाडौं : नेपाली कांग्रेशकी केन्द्रिय सदस्य पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नि सांसद आरजु देउवा जापान पुगेकी छिन् । संसदको कृषि समितिको सभापति डा. आरजु देउवा उक्त कार्यक्रममा भाग लिन जापान पुगेकी छिन् । फाउण्डेशन फर द वेलफर एण्ड एजुकेशन अफ दि एशियन पिपुल (एफडब्लुइएपि) भन्ने कार्यक्रमममा भाग लिन उनी टोकियो पुगेकी हुन् । कार्यक्रम आज मंगलवारदेखि विहिवारसम्म चल्ने छ । उक्त कार्यक्रममा भाग लिन उनी आइतवार राती काठमाडौबाट सिंगापुरको लागि उडेकी थिइन र उनी एक दिन त्यहाँ बसेर जापान पुगेकी हुन् ।