काठमाडौं, वैशाख २२
नेपाल राष्ट्र बैंकले सकारी कारोबारको नियमित रिर्पोटिङ गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरूको नाममा परिपत्र जारी गर्दै सरकारी कारोबारको नियमित रिर्पोटिङ गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि वैशाख दुुई गते १० कार्यदिनको समयसिम तोकेर सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबार गर्न इजाजतप्राप्त सम्पूर्ण वाणिज्य बंैकहरूलाई हाल ती बैंकहरूमा सञ्चालनमा रहेका सरकारी खाताहरू अधाबधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरू खोल्न निर्देशन दिएको थियो ।
तर, सरकारले लकडाउनको अवधि थप गरिएसँगै उक्त समयावधिलाई थप गरी यही वैशाख मसान्तभित्र सम्पूर्ण खाताहरू खोली अधावधिक गरी २०७७ वैशाख मसान्तसम्मको कारोबारलाई साविकको ढाँचामा तथा २०७७ जेठ एक गते पश्चात हुुने कारोबारहरू उक्त निर्देशिकाले निर्दिष्ट गरेको नयाँ ढाँचाबमोजिम यस बैंकको बैकिङ कार्यालयहरूमा अनिवार्य व्यवस्था गर्न तथा गराउन यो निर्देशन जारी गरिएको छ, राष्ट्र बैकले भनेको छ ।
सोही परिपत्र मार्फत राष्ट्र बैंकले इमेलमार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको तथा सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकोले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीहरूको व्यक्तिगत इमेलमार्फत समेत प्रतिवेदन पेस गर्ने गरेकोमा अब उप्रान्त सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेस गर्न एउटा छुट्टै इमेल आईडीको व्यवस्था गरी सोही इमेल आईडीमार्फत पत्राचार गर्न व्यवस्था गर्न, गराउनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।