काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सो सम्बन्धमा सोमबार सम्झौता भएपछि ग्राहक र कर्मचारीहरूले यस्तो छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।