काठमाडौँ । तस्करीको ६० किलो सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । जसमध्ये ४ नेपाली र १४ विदेशी रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन लगाएर सो अनुसन्धान गरेको बुधबार पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले बताइन् । साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।
सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । माओवादी केन्द्र निकट अमला रोका रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् । सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराध, नागरिकता ऐन, अवैध सुन चोरी पैठारी, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।