काठमाडौं । मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले आरोप लगाएका छन्। सोही आरोपको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन शुरु गरेको हो।
यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीको छविमा आँच पुर्याउने खालका कलुषित विचार बिनाआधार, बिनाप्रमाण आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ। रास्वपाले मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेकोबारे श्रेष्ठले अनुशासन समितिलाई फरक-फरक बयान दिएको बताएको छ।