मकवानपुर । शुक्रबारको लागि तय भएको बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने भएको छ । शुक्रबार दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।

शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराएका छन् ।