काठमाडौ,प्रदर्शनकारीको ढुंगा प्रहारबाट जाइका प्रमुख ओकुबो आकिमिचु घाइते भएपछि नेपाल स्थित जापानीजि दुतावासले गम्भीर आपत्ती जनाएको छ । समाचार स्रोतका अनुसार बिहीबार साझँ नेविसंघले आफ्ना नेता महेन्द्र राय यादव माथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा दिन नसकेको भनि प्रदर्शन गरेको थियो । त्यही बिचमा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच मुडभेड हुदाँ विद्यार्थीले हानेको ढुंगा जाइका चढेको गाडीमा लागेको थियो । उनको ओठमा चोट लागेको बुझिएको छ । उक्त घटनाको निन्दा गर्दै जापानीज दुताबासले गम्भिर आपत्ती जनाएको छ । शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई लोकतन्त्रको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको अंग मानिन्छ। तर, जब यो हिंसाको कार्यमा परिणत हुन्छ, त्यो फौजदारी अपराध बाहेक अरू केही नहुने बताएको छ , उसले भनेको छ, नेपालका धेरै जनतालाई थाहा छ, जापानले नेपालको लोकतान्त्रिक प्रगति र विकासमा आफ्नो इमान्दार मित्रको रूपमा सहयोग गरेको छ । यस घटनामा यसका प्रतिनिधि घाइते हुनु अत्यन्तै खेदजनक छ। नेपाल सरकारले विदेशी पर्यटन तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई प्रवद्र्धन गर्दै आएको छ । तर, यस्ता प्रयासका बीचमा यस्तो घटना घटेको तथ्य यसको विरुद्धमा जान्छ । जापानले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटना हुन नदिन सचेत गराएको बताएको छ । यसका साथसाथै नेपाल विदेशीका लागि शान्त र आकर्षक देश बनिरहने विश्वास समेत लिएको छ ।