काठमाडौं । मञ्जुश्री फाइनान्स र भाटभटेनी सुपर मार्केटबीच सहकार्य भएको छ । बुबाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको अवसर पारेर यही भदौ २८ गतेदेखि आश्विन ३ गतेसम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैयाँभन्दा माथिको बिल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत बिल भुक्तानी गरेमा एक सय ५० रुपैयाँदेखि तीन सय ५० रुपैयाँसम्म छुट पाउने सुविधा उपलब्ध गराइएकाले मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो सुविधाको उपयोग गरी लाभान्वित हुन फाइनान्सले सबैलाई आग्रह गरेको छ । मञ्जुश्री फाइनान्स केन्द्रीय कार्यालयमा रही २६ वटा शाखामार्फत नेपालभरका प्रमुख सहरहरूमा सेवा पु-याउँदै आएको छ ।