काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मिट २०२३ सम्पन्न गरेको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मिटमा नेपालभरका ४० भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिस्ट्रिब्युटरसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस मिटको आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै, डिस्ट्रिब्युटरले सामना गरिरहेका चुनौती र तिनीहरूका समाधान खोज्न पनि यस कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ । कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीको पनि उपस्थिति रहेको थियो ।