हेटौडा ,मकवानपुर बहुमुखी क्याम्पसको १७ औ क्याम्पस सभाले दोस्रो कार्यकालको लागि संबिधान सभा सदस्य अनन्त पौडेलको नेतृत्वमा सर्वसम्मतीले संचालक समिति चयन गरेको छ। सभाले अध्यक्ष सहित नौ जनाको संचालक समिती र लेखा संयोजकका साथै ३ सदस्यहरु चयन गरको छ।
संचालकहरुमा बद्रि प्रसाद लम्साल ,नबराज बिस्ट ,प्रल्हाद लामिछाने ,बिष्णु दाहाल ,माइकाल रामचन्द्र अर्याल , अशोक शाक्य ,सर्केश घलान र डा कृष्ण धिताल रहेका छन्। सभाले लेखा समितिको संयोजकमा उध्योग संघ मकवानपुरका पूर्व अध्यक्ष नवराज अर्यालका साथै सदस्यहरुमा ध्रुब बहादुर भुजेल ,रमिला सापकोटा र अप्सरा बस्नेत चयन गरेको छ।
बिभिन्न दल लगायत संघ संस्थाको प्रतिनिधित्व हुने गरि हुने ५७ जनाको क्याम्पस सभासदले बनाएको यो संचालक समितिको अब बसेको बैठकले उपाध्यक्ष ,कोषाध्यक्ष चयन गर्नुका साथै बिभिन्न समितिहरु (सेवा समिति ,निर्माण तथा खरिद समिति र छात्रवृत्ति समिती) निर्माण गरिने बताइएको छ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका प्रतिनिधि सभा सदस्य तथा एमाले सचेतक महेश बर्तौला, राप्रपा सांसद तथा पुर्ब मन्त्री दिपक बहादुर सिंह, राष्ट्रिय सभा सदस्यहरु रामचन्द्र राई , गोमा तिमल्सिना प्रदेश सांसदहरु लगायतको उपस्थिती रहेको थियो।