काठमाडौं, सिटिजन्स बैंकद्वारा आर्थिक वर्ष २०७९÷८० का लागि पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको चार सय २८ औँ बैठकको निर्णयबमोजिम सेयरधनीलाई आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०७९÷८० को वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँको पाँच दशमलव ७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैयाँ ९६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकको भनाइ छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नोे ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।