एजेन्सी : अमेरिका र इरानबीच बन्दी साटासाटको सहमति भएसंगै लामो समयदेखि दक्षिण कोरियामा रोकिएको इरानको झन्डै ६ अर्ब डलर कतारको खातामा गएको छ । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी गठबन्धनमा रहेका अन्य मुलुकहरुले समेत इरानको पैसा फ्रिज गरेका थिए भने त्यसमध्येको दक्षिण कोरियामा रहेको ६ अर्ब रुपैया बन्दी साटासाट संगै कतार हुँदै इरानको खातामा फर्किएको छ । समाचार संस्था एपीका अनुसार कतारको मध्यस्थतामा अमेरिका र इरानबीच दर्जनौं चरणका वार्तापछि इराकमा रहेका ५ जना अमेरिकी र अमेरिकामा रहेका ५ जना इरानी बन्दीलाई रिहाई गर्ने र दक्षिण कोरियामा रहेको इरानको झण्डै ६ अर्ब रु डलर समेत इरान पठाउने सहमति भएको हो। इरानी अधिकारीहरूले उक्त पैसा कतार सरकारको खातामा आइसकेको र केही समयमै इरान सरकारको नियन्त्रणमा आउने जानकारी दिएका छन्। इरान र अमेरिकाबीच सन् १९८० यता तिक्ततापूर्ण सम्बन्धका कारण कूटनीति सम्बन्ध समेत छैन् । सन् १९७९ नोभेम्बरमा इरानीहरूले इरानस्थित अमेरिकी दूतावास कब्जा गरेका थिए भने त्यहाँ रहेका कूटनीतिज्ञहरूलाई बन्धक बनाएका थिए। त्यसयता यी दुई मुलुकले एक-अर्काको मुलुकमा बन्दी बनेकाहरूलाई बेला बेलामा साटफेर गरिरहन्छन्।