काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव २६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार आज मंगलबार पनि १६ दशमलव २४ अंकले उकालो लागेर १९ सय ८५ दशमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४३ अंकले उकालो लागेर तीन सय ८१ दशमलव १७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५० हजार दुई सय ९६ पटकको कारोबारमा ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र टे«डिङ उपसमुहहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।