न्यूयोर्क । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेसँग संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा राष्ट्रपति विक्रमसिङ्घे र प्रधानमन्त्री दाहालबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।