ढाका, वैशाख २३ बंगलादेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष सन् २०२०÷२०२१ को लागि आगामी जुनमा नयाँ बजेट ल्याउने बताएको छ । नयाँ बजेटको लागि प्रक्रिया सुरु भएको र आवश्यक सल्लाह÷सुझाव लिने काम सुरु भएको जनाएको छ । विज्ञहरुले भर्चुअल माध्यमबाट भए पनि जनताको धारणा सुन्न र सोहीअनुसारको बजेट ल्याउन सुझाव दिएका छन् ।