काठमाडौं : नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन भन्दै २०७६ सालको कात्तिक महिनामा अमेरिका गएर उतै लुकेकी तत्कालिन कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयर दन्ता नेपाली (दर्शना) संग प्रधानमन्त्री प्रचण्डले अमेरिकामा भेट गरेका छन् । तिलगुफा नगरपालिकामा उपमेयर निर्वाचित भएपछि दन्ता एउटा विशेष गोष्ठीमा सहभागी हुने बहानामा अमेरिका पुगेपछि उतै लुकेकी थिइन् । अमेरिकामा आयोजित माओवादीसमर्थकहरूको भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन पुगेका प्रचण्डका बाबु-छोरीलाई दर्शनाले त्यहीँ भेटेर तस्बिर खिचाएकी छन् । यसरी नेपाल र नेपालीको बदनाम गर्ने उपमेयर दन्तालाई फिर्ता ल्याउने बारेमा प्रचण्डले कुनै कुराकानी गरेनन् । बरू अमेरिकामा समेत माओवादीहरूको बाक्लो उपस्थिति देखेर प्रचण्ड दङ्ग परेको बताइन्छ । अमेरिकालाई साम्राज्यवादी विशेषण दिँदै चर्को आलोचना गर्ने माओवादीहरूको अमेरिका मोहले उनीहरू वास्तवमा केका निम्ति हिंसात्मक युद्धमा लागेका थिए भन्ने गम्भीर प्रश्न जन्माएको छ । तत्कालिन समयमा अमेरिकालाई सामाज्यावद भन्दै अमेरिकालाई कडा प्रतिकार गर्ने दन्ता आफै अमेरिका गएर लुकेर बसेकी हुन् । https://youtu.be/HaRV6F_sM2o