काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीलगायत अन्य कर्मचारीहरू देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेतासँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए ।
‘बजार जाऔँ’ ग्राहकका गुनासा, सल्लाह र सुझावहरू व्यक्तिगतरूपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धताअनुरूप आयोजना गरिएको कार्यक्रम हो । कम्पनीको ब्रान्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहीण् नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।