शुक्रबार साझ बसेको शिक्षक महासङ्घ र नेपाल सरकार बिचको वार्तामामा राहत शिक्षकका प्रतिनिधिले बैठक बहिस्कार गरेका छन् । केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गरेको बैठकमा राहत शिक्षकको पक्षमा शिक्षक महासङ्घ र सरकार उदासिन देखिएको भन्दै बैठक बहिस्कार गरेका हुन् । साथै उनले बैठकबाट बाहिर निस्कने क्रममा सबै राहत शिक्षकहरुलाई काठमाडौ नछोड्न अनुरोध समेत गरेका छन् । त्यस्तै केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ ।