काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि सोरुम सञ्चालनमा ल्याएको हो । तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो ईभी नामक दुई नयाँ गाडीको बिक्रीवितरण भरतपुरमा सुरु भएको कम्पनीले जनाएको छ । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो । सोरुमको उद्घाटनमा गाडीका प्रमुख सावन्त जङ्ग सिजापतिले टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय सोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई सबल बनाएको बताए ।
कम्पनीका अनुसार समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो ईभी पाँच स्तम्भमा उभिएको छ । कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पजस्ता विशेषताहरू यसमा रहेका छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवम् आकर्षक छ ।
त्यसैगरी टाटाको ‘न्यु फरेभर’ रेञ्जअन्तर्गतको पन्चको मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा चार आधार स्तम्भहरू हुन् । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभीरूपमा पनि परिचित छ । यी दुई गाडीहरूले चितवनका ग्राहकको मन र मष्तिस्कमा अमिट छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकृत विक्रेता सिप्रदीले विश्वास लिएको जनाएको छ ।