काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १९ दशमलव ४२ अंकले ओरालो लागेर दुई हजार १० दशमलव ३५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १० अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ९१ हजार १० पटकको कारोबारमा ९० लाख तीन हजार नौं सय ४१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये लघुवित्त उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको छ भने भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।