काठमाडौं । केयुस्कुल अफ म्यानेजमेन्टको आइडिया एक्सन, इन्भेस्टमेन्ट सर्कल र कुसोमका पूर्वविद्यार्थीहरूको संगठन कुसोम अलुम्नाइबीच उद्यमशीलता प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कुसोमका विद्यार्थीलाई उद्यमशीलता र लगानीसम्बन्धी गतिविधिमा शिक्षित र संलग्न गराउने उद्देश्यले सो सम्झौता गरिएको हो । साथै, सम्झौताले तिनै संस्थासँग सम्बन्धित उद्यमीलाई प्राविधिक सहयोग प्रवाह गर्न एकअर्काको कोर स्टे«न्थको लाभ लिन सक्ने बाटो खोल्ने छ । कुसोमका डिन प्रा. देवीप्रसाद बेदारीले यस सम्झौताले कुसोमका विद्यार्थीहरूमा उद्यमशीलतातर्फ रूचि जगाउन तथा कुसोमलाई भविष्यमा उद्यमशीलताको केन्द«विन्दु बन्न मद्दत गर्ने बताए ।
त्यसैगरी, कुसोम अलुम्नाइका अध्यक्ष देवप्रकाश गुप्ताले उद्यमशीलता विकास गर्न प्राविधिक सल्लाहका साथै नेटवर्किङको आवश्यकता हुने हुँदा यसमा अलुम्नाइले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
इन्क्युवेसन र स्टार्टअप फन्डिङमा एक दशकभन्दा बढीको व्यावहारिक अनुभव बोकेको इन्भेस्टमेन्ट सर्कल नेपाली स्टार्टअप इकोसिस्टममा स्थापित नाम हो । कुसोमको सैद्धान्तिक आधार, इन्भेस्टमेन्ट सर्कलको व्यावहारिक दृष्टिकोण र कुसोम अलुम्नाइको विशाल नेटवर्किङको साथ यस सम्झौताले कुसोमलाई राष्ट्रको उद्यमशीलता केन्द«का रूपमा स्थापित बनाउने अपेक्षा गरिएको छ ।