जनकपुरधाम । सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा गएर राष्ट्रपति रामचन्द्र पौडेलले पूजागरी दर्शन गरेका छन् । उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।
मूल महन्त रामतपेश्वर दासले राष्ट्रपतिलाई जानकी मन्दिरमा स्वागत गरे । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।
जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको सोमबार दिउँसो राष्ट्रपति पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन उनले ग्रहण गर्नेछन् ।