काठमाडौं,नेपाल राहत शिक्षक केन्द्रीय समितिले बिभिन्न मागहरु राखि सोमबार पनि आन्दोलन जारि राखेको छ । शिक्षामन्त्रीको बिरोध गर्दै बिभेदकारी निति भएको भन्दै आन्दोलन गरेका छन् । आज भदौं २७ गते संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत हकहित विपरित रहेको भन्दै उनीहरुले विद्यालय बन्द गरि आन्दोलन गरेका छन् । उक्त आन्दोलनलाई बृहत प्रदर्शन नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीले नेतृत्व गरेका छन् ।
राहत शिक्षक समिति महासचिव कुमार बजगाई, सामुदायिक विद्याल्य कर्मचारी संघका अध्यक्ष शशी केसि ,हिस्टुन अध्यक्ष ज्ञान प्रसाद भट्टराई , काठमाडौ आन्दोलन परिचालन समितीका अध्यक्ष राजिव भट्टराई ,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन बन्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की , महासचिव टीका बहादुर खड्का लगायत हजारौंको संख्यमा शिक्षकहरु आन्दोलनमा सहभागी रहेका छन् ।
उनीहरुले बिभिन्न मागहरु राखेका छन् । राहत शिक्षक लाइ स्थायित्व गर्नुपर्ने,पेन्सन बन्चित शिक्षकहरु लाई शिक्षा ऐन २०२८ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षक स्थायी गर्नुपर्ने,सम्पूर्ण शिक्षक र शिक्षिका लाई पेन्सनको व्यवस्था गर्नुपर्ने । लगायतका मागहरु राखेका छन् ।