पोखरा । पोखरा फाइनान्स लिमिटेडको अध्यक्षमा राजकुमार गुरूङ निर्वाचित भएका छन् । फाइनान्सको गत यही भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट उनी निर्वाचित भएका हुन् । उनले शुक्रबार कार्यभार सम्हालेका छन् ।
संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन । कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन् ।