काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ औँ वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको छ ।
बैंकको आइतबार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा कुल ५१ जना रक्तदाताले रक्तदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीलाई सम्मानस्वरूप बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसापत्र प्रदान गरे ।